नियम २२७
अधिकारमा हस्तक्षेप गर्न नहुने
(१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीको अधिकारमा हस्तक्षेप गर्न पाइने छैन । अधिकारको दुरुपयोग भएको भन्ने स्थानीय निकायलाई लागेमा तत्काल तत्सम्बन्धी छानविन गराउन वा सम्पूर्ण व्यहोरा खुलाई तत्सम्बन्धी छानवीन गर्ने निकायमा अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) मा लेखिएको कुनै पनि कुराले सम्बन्धित मन्त्रालय वा स्थानीय निकायको सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, निर्देशन दिने अधिकारलाई सीमित गरेको मानिने छैन ।